राष्ट्रिय

खड्कालाई अनुशासन समितिद्धारा सचेत गराउने निर्णय : कांग्रेस

काठमाडौं

नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको केन्द्रीय अनुशासन समितिले सचेत गराउने निर्णय लिएको छ ।

संस्थागत रुपमा पार्टीको समानान्तर गतिविधि गरेको आरोपमा अनुशासन समितिको आज बसेको बैठकले सचेत गराउने निर्णय लिएको हो । ‘लेटरहेड’ प्रयोग गरी विज्ञप्ति निकालेको विषयलाई अनुशासन समितिले सचेत गराउनु पर्नाको मुख्य आधार मानेको केन्द्रिय सदस्य समेत रहेका अनुशासन समितिका संयोजक तारामान गुरुङले बताउनुभयो ।

यता धुम्बाराहीमा देउवा पक्षीय नेताहरुको भेला आज पनि बसेको छ । बैठकले प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेकाभनिएकालाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

अनुशासन समितिको बैठकमा निर्वाचनमा अनुशासन उल्लंघन गरिएको भनी केन्द्रीय अनुशासन समितिमा हालसम्म आएको उजुरीबारे छलफल भएको हो ।