पारस अस्पताल भर्ना
- काठमाडौंपूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ ।
उहांलाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
नियमित जाँचका निम्ति शाहलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
पेसमेकरको व्याट्री परिवर्तन गर्न उहां भर्ना हुनुभएको हो ।
शाहको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जनाइएको छ ।