राष्ट्रिय

इनिशाको शव परिवारले आज शव बुझ्ने

- केएफएम डेस्ककाठमाडौं

सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु भएको २७ दिनपछि परिवारले आज शव बुझ्ने भएका छन् ।

भेरी पुल नजिकको सम्झिघाटमा आजै दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ क्षेत्रमा गत फागुन २३ गते इनिशा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।

दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए ।

पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलनमा समय लाग्दा शव लामो समयसम्म अस्पतालमै राखिएको थियो ।

कानुनी प्रक्रिया पूरा भएपछि परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको हो ।