महेन्द्रराजमार्गको दाउन्ने सडक खण्ड एकातर्फि सुचारु
- नवलपरासीवर्षाका कारण हिलाम्य भएर अबरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तर्गतको दाउन्ने सडकखण्डम केहिबेर अघिदेखि एकतर्फी सुचारु भएको छ । पूर्वी नवलपरासीका प्रहरी प्रमुख युवराज खड्काले राजमार्गको हिलो पन्छाइएपछि बिहान साढे ९ बजेवाट एक तर्फी राजमार्ग सुचारु भएको जानकारी दिनुभयो ।
दिउसो १२ बजे सम्म दुइतर्फी नै यातायात संचालन हुनसक्ने फिल्डमा रहेका ट्राफिक प्रहरी निरिक्षक कुशल बर्तौलाले जानकारी दिनुभयो । बुधवार दिनभरी जसो परेको झरीले दाउन्ने सडक खण्ड हिलाम्य हुदा लामो जाम भएको थियो ।
झरीले सडक चिप्लीएर दाउन्नेमा राजमार्ग अबरुद्ध हुदा उक्त सडक खण्ड हुदै पूर्व पश्चिम हिडेका सैयौ गाडि दुम्कीवास र बर्दघाटमा रोकिएका गाडि गन्तब्य तर्फ लागेका छन् ।