राष्ट्रिय

दोलखामा जेसिभि दुर्घटना हुँदा एकको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

दोलखाको कालिञ्चोक गाउँपालिका– ३ मा जेसिभि दुर्घटना हुँदा रामेछापको मन्थली नगरपालिका–१२ का सुगम पौडेल खत्रीको मृत्यु भएको छ ।

शिरिशे सामुदायिक बनको उकालो बाटोबाट जेसिभि झण्डै सय मिटर खसेको अवस्था आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।