देशभरमा आज नयाँ बर्ष मनाइयो
काठमाडौंविक्रम सम्वत् २०८३ साल शुरु भएको अवसरमा देशभरमा आज नयाँ बर्ष मनाइएको छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइएको हो ।
यसैबीच, नयाँ वर्षको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह तथा दलका नेताहरुले सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।