सुनसरीको इनरुवामा निर्माणाधीन सडकको गुणस्तरमाथि प्रश्न उठाउँदै विरोध
- सुनसरीसुनसरीको इनरुवा नगरपालिका–९ बबिया यादव टोलमा निर्माणाधीन सडकको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाउँदै विरोध जनाएका छन् । निर्माण कार्यमा मापदण्ड विपरीत कमसल काम भइरहेको आरोप लगाउँदै स्थानीयबासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
स्थानीयका अनुसार सडक निर्माणका क्रममा पुरानो कालोपत्र जोतेर बेस तयार नगरी काम गरिएको छ । उनीहरुले निर्माण कार्यमा पारदर्शिता र मापदण्डअनुसार काम गर्न माग गरेका छन् ।
उक्त सडक निर्माणका लागि संघीय सरकारको सहरी विकास मन्त्रालयको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले २ करोड १२ लाख भन्दा बढीको लागतमा ठेक्का सम्झौता गरेको छ ।