पूर्वमन्त्री दिपक खड्कालाई थुनामै राख्न आदेश
काठमाडौंसर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश गरेको छ । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले भोली मध्यान्नसम्म खड्कालाई थुनामा राख्नुको कारण ललितपुर जिल्ला अदालत र राजश्व अनुसन्धान विभागवाट पेश गरी सोही दिन पेसी तोक्न’ समेत आदेश गरेको छ ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । सम्पत्ति शुद्धीकरण कसुरमा खड्का चैत १५ मा पक्राउ पर्नुभएको थियो । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री खड्कालाई २४ भदौको जेन–जी आन्दोलनको बेला खड्काको घरमा बरामद भएको रकम बारे अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो ।