प्रधानमन्त्री बालेन्द्र शाह १ सय प्रभावशाली व्यक्तिको सूचीमा
- काठमाडौंनेपालका प्रधानमन्त्री बालेन्द्र शाह बेलायतको टाइम म्यागेजिनले सार्वजनिक गर्ने विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचीमा पर्नुभएको छ ।
क्याथोलिक धर्मगुरु पोप लियो चौधौं, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाम, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री साने ताकाइची, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, बंगलादेशका प्रधानमन्त्री तरिक रहमान, न्युयोर्क शहरका मेयर जोहरन मम्दानीलगायत व्यक्ति यस सूचीमा छन् ।
बालेनबारे टाइम्सका चार्ली क्याम्पवेलले लेखेका छन्, आफ्नो इमानदारी बेच्नेहरूका लागि पैसा रूखमा फल्छ जस्तो देखिन्छ,’ मार्चमा हिमाली राष्ट्रको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित भएका थिए ।
शरद् ऋतुमा भएको घातक सडक विरोध प्रदर्शनले यो विजय तय गरेको थियो । सो प्रदर्शनमा जेन जीले भ्रष्ट र जनताको सम्पर्कबाट बाहिर भएका पुराना राजनितिक दललाई हटाउने दृढ संकल्प गरेका थिए ।
शाहलाई सामान्यतया बालेन भनेर चिनिन्छ । उनले सिभिल–इन्जिनियरिङमा स्नातक गरेका छन् । उनको प्रभावशाली स्टेज उपस्थिति र भ्रष्ट अधिकारीहरूलाई कसिलो गाली गर्नसक्ने साहसले उनलाई चार वर्षअघि काठमाडौंको मेयर बन्न प्रेरित ग¥यो ।
र अहिले नेपालको ३ करोड जनताको नेता । बालेनको उदय जति लोकप्रिय युवा भूकम्प हो । त्यति नै दक्षिण एसियाको जकडिएको वंशवादी राजनीतिको अस्वीकारोक्ति हो ।
प्रशासनिक झमेला पार गरेर मेयरको रूपमा, बालेनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवा सुधार गरेका थिए ।