राष्ट्रिय

गैंडाको खागसहित सुनसरीको बर्जुबाट ४ जना पक्राउ

- अर्जुन सुवेदीसुनसरी

सुनसरीमा गैंडाको खागसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बराह बाहिनी पकलीका अनुसार विशेष सुराकीका आधारमा झापाबाट पछ्याउँदै गएको टोलीले बर्जु ताल नजिकबाट चारै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूबाट गैंडाको खागसहित उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल पनि बरामद गरिएको छ ।

पक्राउ परेकामध्ये तीन जना सुनसरीको बर्जु गाउँपालिकाका र एक जना मोरङका रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।