महोत्तरीमा टेम्पोमाथि रुख खस्दा २ को मृत्यु
- महोत्तरीमहोत्तरीको जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पोमाथि रुख खस्दा २ जनाको मृत्यु भएको छ । आज साँझको हवाहुरीका क्रममा जलेश्वर नगरपालिका–९ परकौलीस्थित सडक छेउको रुख जनकपुरतर्फ जाँदै गरेको टेम्पोमाथि खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताउनुभयो । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि जनकपुर पठाइएको छ । टेम्पोमा चालकसहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरुको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो । नेपाली सेना र प्रहरीले सडकमा खसेको रुख हटाएर सडक सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।