राष्ट्रिय

सिरहामा घरको पर्खाल खस्दा एक महिलाको मृत्यु

- विनय आजादसिरहा

रहामा हावाहुरीका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्युु भएको छ ।

सखुवानन्कारकट्टी–२ मकरामपुरका स्थानीय विन्देश्वर यादवकी श्रीमती ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो ।

घरमै बसिरहेको अवस्थामा हिजो साँझ आएको हावाहुरीले घरमाथिको जस्ता उडाएको र त्यसपछि पर्खाल खस्दा ईट्टाले टाउकोमा गम्भीर चोट लागी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभएको छ ।