पेस्तालसहित भारतीय नागरिक पक्राउ
- रौतहतरौतहट प्रहरीले पेस्तोल सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्लाको बौधीमाई नगरपालिका–७ बंकुलस्थित मां ईट्टाभट्टा नजिक चेकजाँचको क्रममा भारतको पूर्विचम्पारण स्थित मौवाह ग्रामपञ्चायत चनारमण टोलका २० बर्षिय सुर्यकुमार दासलाई नलकटुवा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपी बिष्णुप्रदिप बस्यालले बताउनुभयो ।
पक्राउ परेका दासले बोकेको दुईवटा भारतीय मोबाईलको सिम, मोबाईल सहित बरामद गरेको प्रहरीले जनाएको छ ।
यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।