केराको न्यूनतम समर्थन मूल्य तोक्न माग : नेपाल केरा उत्पादक महासंघ
काठमाडौंनेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले केराको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेको छ । किसानको बारीमा मूल्य नबढ्दा पनि बजारमा अत्याधिक भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्दै समर्थन मूल्य तोक्न माग गरेको हो ।
समितिले पत्रकार सम्मेलन आयोजना गरी बजारमा केरा खुद्रा मूल्य प्रतिदर्जन ३ सय ५० देखि ४ सय रुपैयाँसम्म पुगेपनि किसानले ७० देखि ८५ रुपैयाँ मात्रै पाउँदै आएको प्रष्टाएको छ ।
समितिले उपभोक्ता र किसान दुवै मारमा परिरहेका बेला बजारमा बिचौलियाको हस्तक्षेप भइरहेको आरोप लगाएको छ । सरकारले तत्काल हस्तक्षेप गरी बजार अनुगमन र न्यूनताम मूल्य नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ । सरकारले बजार हस्तक्षेप नगरे केरा आत्मनिर्भरतातर्फ लम्किरहेको देश फेरि पनि आयातमै भर पर्नुपर्ने अवस्था आउने समितिको भनाइ छ ।