प्रतिबन्धित औषधि सहित भारतीय पक्राउ
- पर्सावीरगन्जमा ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज ८ लिंक रोडस्थित समर होटल एण्ड लजमा छापा मार्दा प्रतिबन्धित औषधिसहित भारतको बिहार राज्य, मोतीहारी जिल्ला भेलाही ग्रामका २० वर्षीय सागर कुमार पटेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार बरामद औषधिको परिमाण ठूलो भएकाले ओसारपसार तथा अवैध कारोबारमा संलग्न गिरोहसँग सम्बन्ध रहेको आशंका छ ।
पक्राउ परेका पटेललाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।