राष्ट्रिय

कांग्रेसले आज कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा गर्दै

- केएफएम डेस्ककाठमाडौं

नेपाली कांग्रेसले आज कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । पूर्व निर्धारित कार्यतालिका अनुसार कांग्रेसले आज विराटनगरमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमका लागि सभापति गगन थापा विराटनगर जाँदैहुनुहुन्छ ।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कांग्रेसले कार्यक्रम आयोजना गर्न लागेको हो ।

समीक्षा कार्यक्रममा पार्टीका कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारलाई बोलाइएको सहमहामन्त्री डा डिला संग्रौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेको कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ ।

यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा कार्यक्रम गरेको कांग्रेसले आज कोशीमा गर्न लागेको हो ।