राष्ट्रिय

महान्यायाधिवक्ता कँडेलको रिटमा आज सुनुवाइ हुँदै

- केएफएम डेस्ककाठमाडौं

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार हिजो कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका छन् ।

कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

निरन्तर १५ वर्ष कानून व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।