राष्ट्रिय

सर्वसाधारणलाई आह्वान

- केएफएम डेस्ककाठमाडौं

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गदै शून्य बाँकी फाइल सप्ताह अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा सो अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचना अनुसार गुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि गुनासो टिपाउन सकिने व्यवस्था छ ।