बीटीआई ग्रुपको सीईओमा बराल
काठमाडौँ — बीटीआई ग्रुप अफ भेन्चर्सअन्तर्गत आबद्ध १० वटा संस्थाको नेतृत्व गर्ने जिम्मेवारी दिलीपराज बरालले पाएका छन् । उनी ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका हुन् ।
महोत्तरीका ४८ वर्षीय बरालले बैंकिङ क्षेत्रमा लामो समय काम गरेको बीटीआई ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।
ग्रुपअन्तर्गत सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम तथा सामाजिक क्षेत्रसँग सम्बन्धित संस्थाहरू छन्। ती संस्थाले विगत २७ वर्षदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।
बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरेको विज्ञप्तिमा बताइएको छ ।