अन्य

कोरला नाका पुन: खुलेपछि सिमानामा चहलपहल बढ्यो

- बिनोद त्रिपाठीबिनोद त्रिपाठीबिनोद त्रिपाठीमुुस्ताङ

 

नेपाल–चीन सिमानाको कोरला नाका १० दिनको लागि खुला गरिएपछि चहलपहल बढेको छ । अरु बेला सुनसान देखिने सिमाना क्षेत्रमा दुई देशका व्यापारी र किनमेल गर्न आउने सर्वसाधरणका कारण चहलपहल बढेको हो ।

व्यापारीक गतिबिधि बढेसँगै  गत बर्षको तुलनमा यो वर्ष राजस्व संकलन पनि बढेको छ । एक सातामा ३ लाख ७५ हजार राजस्व संकलन गरेको भंसार प्रमुख शुक्रदर्शन ढुंगानाले बताउनुभयो । बाँकी ४ दिनमा राजश्व संकलन ५ लाख पुऱ्याउने लक्ष्य भन्सार कार्यालयको छ ।

फर्निचर  कम्मल, खाद्यान्न, लत्ताकपडा र कृषिजन्य सामानको आयात बढि भएको छ । गत बर्ष झैं यसपाली पनि निर्यात शुन्य रहेको भंसार कार्यालयले जनाएको छ ।  नाका खुलेको थाहा पाएपछि मुस्ताङ घुम्न गएका पर्यटक पनि कोरला पुग्ने गरेका छन् ।