अन्य

कावेली कस्केड जलविद्युत आयोजना सम्झौता प्रक्रियामा

- शाहीमान राईशाहीमान राईशाहीमान राईपाँचथर

 
 –
ताप्लेजुङ र पाँचथरको सिमावर्ती कावेली खोलावाट अर्को कावेली कस्केड जलविद्युत आयोजना निर्माण हुने भएको छ । अरुणभ्याली हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनीले ९ दशमलव ९ मेगावाट क्षमताको काबेली कस्केड आयोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता प्रक्रिया अघि बढाएको जनाएको छ ।
 
पाँचथरको याङवरक गाउापालिका–४ थर्पूसिथत पिपले र ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ थेचम्बोको सिमाना काबेली खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजना पूरा भएपछि सहायक आयोजनाको रुपमा अर्को आयोजना निर्माण गर्न लागेको प्रवद्र्धक अरुण कावेली पावर लिमिटेडका कार्यकारी निर्देशक कुवेरमणी नेपालले बताउनुभयो ।
 
कावेली खोलावाट निर्माण हुने यो चौथो आयोजना हो । काबेली करिडोरमा नेपाल विद्युत प्राधिकरणमार्फत वुटवल पावर कम्पनीको सहायक कावेली इनर्जी लिमिटेडको प्रवद्र्धन विश्व बैंकको दश अर्ब रुपैंयाँ लगानीमा ३७ दशमलव ६ मेगावाट क्षमताको कावेली ए जलविद्युत आयोजना र एक अर्व ६० करोड रुपैंयाँ लगानीमा ९ दशमलव ९ मेगावाटको इलाखोला जलविद्युत आयोजना निर्माणाधिन छन् ।
अरुण कावेली पावर लिमिटेडको चार अर्व ३० करोड लगानीमा निर्माणाधिन कावेली बी–१ जलविद्युत आयोजना आउँदो माघमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी निर्माण कार्य भइरहेको छ । इवाखोला जलविद्युत आयोजना २०७५ जेठ र कावेली ए जलविद्युत आयोजना २०७६ असोजमा १३२ केभी काबेली करिडोर राष्ट्रिय प्रशारण लाइनमा जोडिने छन् ।
यी चार वटा आयोजनाले काबेली खोलबाट ८१ मेगावाट विद्युत उत्पादन हुने रैराङ हाइड्रोपावर कम्पनीका निर्देशक कुवेरमणी नेपालले बताए ।
 
प्रस्तावित काबेली कस्केड आयोजना काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत गृहदेखि फालिएको पानी याङवरक गाउापालिका–५ पिपलेमा बाँध बाँधेर हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित धुसेनीसम्म २१ सय मिटर सुरुङमार्गवाट विद्यृतगृहमा पानी खसालेर विद्युत उत्पादन गरिने काबेली बी–१ जलविद्युत आयोजनाका मूख्य इन्जिनियर व्यवस्थापक हस्तमान राईले बताए ।
 
अरुणभ्याली हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको प्रवद्र्धन दुई अर्ब ८० करोड रुपैयाँ लगानीमा ९ हजार ९ सय किलोवाट (९.९ मेगावाट) क्षमताको काबेली बी–१ कस्केड आयोजना निर्माण गर्न कनेक्सन सम्झौता प्रक्रियामा रहेको इन्जिनियर राईले जनाए । उनले कनेक्सन सम्झौताको लागि विद्युत प्राधिकरणलाई  तीन लाख रुपैंयाँ शुल्क समेत बुझाइसकेको बताए ।
 
यो आयोजना १३२ केभि कावेली करिडोर राष्ट्रिय प्रशारण लाइनको अमरपुरस्थित सवस्टेसनमा जोडन नजिक छ ।