अन्य

समृद्धिको लागी रोजगारी सृजना गर्नुपर्छ : आपूर्ति मन्त्री यादव

- पवन यादवपवन यादवपवन यादवपवन यादवबारा

– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले समृद्धिका लागी रोजगारी सृजना गरिनु पर्ने बताउनु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा नदीको किनारमा आज शुरु भएको ‘बारा महोत्सव’ को उद्घाटन गर्दै मन्त्री यादवले स्वदेशमा रोजगारी सिर्जना नहुँदा दैनिक हजारौं युवा विदेशिनु परेको बताउनुभयो । उद्योग वाणिज्य मन्त्रालयले उद्योग स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न ठोस नीति तथा कार्यक्रम ल्याउन लागेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालमा विद्युत र उद्योग धन्दालाई व्यवस्थापन गर्न सके रोजगारी सिर्जना गर्न सकिने दावी गर्दै उहाँले कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको र कृषिलाई व्यवसायीकरण गर्न सरकारले उत्पादन बृद्धिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाएर सरकार अगाडी बढी रहेको उहाँले दावी गर्नुभयो । 

रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजित महोत्सव मंसिर १० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करिब ५८ लाखको अनुमानित लागतमा आयोजना गरिएको महोत्सवमा एक सय ६ वटा स्टल राखिएका छन् । महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।