अन्य

एलिभ कबाब सुल्तानेट रेस्टुरेन्ट सबैका लागि खुल्ला

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंस्थित नक्सालको टंगालमा रहेको एलिभ कबाब सुल्तानेट रेस्टुरेन्ट सबैका लागि खुल्ला गरिएको छ ।

आफ्नो मौलिक टर्किश स्वाद र विषेश गरि रमजानको समयमा गरिने इफ्तारका लागि परिचित सो रेस्टुरेन्ट सबैका लागि खुल्ला गरिएको हो ।

सो रेस्टुरेन्टले रमजानको ’इफ्तार’ लाई मुस्लिम समुदायका साथै सबै धर्म र पृष्ठभूमिका मानिसहरूका लागि खुल्ला गरेर एक साझा टेबलको अवधारणा ल्याएको छ ।

काठमाडौँमा अन्तरसांस्कृतिक एकतालाई बढावा दिनका लागि एलिभ कबाबमा पारिवारिक इफ्तार भोजको आयोजना गरिने गरिन्छ ।

सो रेस्टुरेन्टमा टर्किश कबाब र अन्य अरबियन परिकारहरू उपलब्ध रहेका छन् ।

एलिभ कबाब सुल्तानेट रेस्टुरेन्टले छोटो समयमै काठमाडौँको खाना संस्कृतिमा विशेष स्थान बनाएको छ ।