पुष्पलाल मेमोरियल कलेज विध्यार्थीको पहिलो रोजाई बन्दै
काठमाडौंकाठमाडौंको चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेजले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । कलेजले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै नयाँ शैक्षिक यात्राको शुभारम्भ गरेको हो ।
यस्तै कलेजमा आयोजित विशेष कार्यक्रममा लोकप्रिय ¥यापर भियोमाले आफ्नो दमदार प्रस्तुति दिएका थिए । उनले आफ्ना चर्चित ¥याप गीतहरू प्रस्तुत गर्दै विद्यार्थीहरूलाई मनोरञ्जनसँगै ऊर्जा र उत्साह प्रदान गरे । उनीसँगै चलचित्र निर्देशक नविन चहानलगायत, बाल कलाकारहरुको पनि प्रस्तुति थियो । कार्यक्रम सञ्चालन सञ्चारकर्मी रुपा खड्काले गरेकी थिईन । यसैबिच सोहि कलेजबाट अध्ययन पुरा गरेका र विभिन्न क्षेत्रमा योग्दान गर्दै आएका पुर्व विद्यार्थीहरूलाई समेत पुष्पलालले सम्मान गरेको थियो ।
पुष्पलाल मेमोरियल कलेज टीयू टप गर्न सफल तथा उत्कृष्ट नतिजा हासिल गरेको कलेजका रूपमा परिचित छ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक, आधुनिक शिक्षण प्रविधि र बिहानदेखि साँझसम्मका कक्षासहित अतिरिक्त क्रियाकलाप तथा रोजगारी–इन्टर्नसिपमा समेत सहजीकरण हुने भएकाले विद्यार्थीहरूको रोजाइमा परेको कलेज हो ।
साथै नेपाली र अंग्रेजी भाषाका अतिरिक्त विद्यार्थीको आवश्यकताअनुसार अन्य भाषाका थप तथा विशेष कक्षाहरू पनि यस कलेजले सञ्चालन गर्दै आएको छ । यस्तै पछिल्लो समय कलेजमा छात्रवृत्ति सुविधा र विविध शैक्षिक अवसरका कारण विद्यार्थीहरूको आकर्षण बढ्दै गएको हो ।