फोटोफिचर

कपिलवस्तुमा माघीको रौनक

- मनोज पौडेलकपिलवस्तु

थारु समुदायको नयाँ वर्ष माघी हर्षोल्लासका साथ मनाईएको छ । लोप हुँदै गएको थारु संस्कृति र कला जोगाउन कपिलवस्तुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । झुमरा, मयुर, लाठी र स्थानीय कला संस्कति पहिचान गर्ने कार्यक्रम गरिएको छ । 

मंसिर २९ गते बुद्धभूमि नगरपालिकाको बुढ्डी र शिवराज नगरपालिकाको उमुरीमा कार्यक्रमहरु गरिएको छ । माघ १ गते बुद्धभूमि नगरपालिकाको मोर्मी र वाणगंगा नगरपालिकाको हथौसामा आयोजना गरिएको छ । ससाना कार्यक्रम जिल्लाका धेरै थारु समुदाय बहुल क्षेत्रमा गरिएको थारु कल्याणकारी सभा अध्यक्ष उमाशंकर चौधरीले बताउनुभयो । 




नयाँ वर्षको उमंग र उत्साहमा रमाउँदै जातीय परम्परा, कला र संस्कृतिको जगेर्ना गर्न सांस्कृतिक कार्यक्रमको रुपमा रुपान्तरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा थारु परिकार ढिकरी, चिचर, घोंघी, सिधरी, माछा र मासु लगायत परिकार खुवाईएको थियो । ४ दिनसम्म विभिन्न कार्यक्रम गरेर माघी मनाउने कार्यक्रम छ ।