फोटोफिचर

देवघाटधाम आश्रममा पस्याे बाढी (फोटोहरु)

- रमेशकुमार पौडेलचितवन

धार्मिक स्थल देवघाटधामको चितवनतर्फ नदी किनारमा रहेका आश्रम र आवासमा शनिबार बिहानै बाढी पसेको छ । आश्रमबाट वृद्धवृद्धाको उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 






शनिबार बिहान हरिकृतन धर्मशालााबाट सात जना र शिव मन्दिरबाट दुई जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । त्यसै गरी राति साढे एक बजे देवघाटकै जय भोले थारू कुटी र अखण्ड धर्मशालाबाट सय जनाको उद्धार भएको थियो ।




रोटरी करूणालय वृद्धाश्रम र अन्य घरमा पनि बाढी पसेको छ । देवघाटमा निर्माणाधिन विद्युतीय शवदाह गृहको भुइँतला बाढीले भरिएको छ । देवघाटमा दुई ठूला नदी त्रिशूली र कालिगण्डकी मिसिन्छन् ।