फोटोफिचर

सुनकोसीमा जङ्गली फल आँटी विक्री गर्न भ्याइ नभ्याइ (फोटोफिचर)

- राजकुमार कार्कीसिन्धुली

तिहार सुरु भइसकेको छ । बीपी राजमार्गमा सवारी साधनको चाप छ । यो राजमार्ग भएर आ–आफ्नो गन्तव्यतर्फ लाग्नेहरुलाइ सुनकोसी गाउँपालिका ३ बोहोरेटार आएपछिको अर्गानिक बजारले आकर्षित गर्छ । यहाँ सबैभन्दा ठुलो आँटी फलको बजार छ ।



लहरै आँटी विक्रीका लागि राखेको खुद्रा पसलले जो सुकैलाइ पनि आकर्षित गर्छ । यो जङ्गली फल हो । बिस्तारै व्यवसायिक खेती समेत सुरु हुन थालेको छ । काठमाडौं पठाउनका लागि आँटी खरिद गरिरहेका कमलामाइ नगरपालिका ४ ढकालगाउँका दीपक घिमिरे यो जङ्गली फल सबै उमेर समूहकाले औधी मन पराउने बताउँछन् ।



सदरमुकाम सिन्धुलीमाडीदेखि खनियाँखर्क, खुर्कोट, खाल्टे, चैनपुर, मुलकोट, झागाझोली रातमाटा, रामटार, नेपालथोकमा आँटी विक्री भइरहेको हुन्छ । जङ्गलमा प्रशस्त मात्रा पाइने यो फल यतिखेर बारीमा लगाउने गरिएको छ । सिन्धुलीको बजारमा अहिले यो आँटी ७० रुपैयाँ देखि १५० रुपैयाँम्मि प्रतिकिलाका दरले विक्री भइरहेको छ ।



तराइ क्षेत्रमा पाइने सरिफा पनि यस्तै हुन्छ । तर यो आँटी फरक भएको स्थानीयको भनाइ छ । मल ,विषादी प्रयोग गर्नु नपर्ने र आँफै उम्रिएको अर्गानीक फल आँटी विक्री गरेर दिनमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म किसानले आम्दानी लिन्छन् ।

आँटीको व्यवसाायिक खेती र जङ्गलमा संरक्षणका लागि स्थानीय सरकार लागेको सुनकोसी गाउँपालिकाले जनाएको छ । 

तस्बिर सबैः राजकुमार कार्की, रेडियो कान्तिपुर