समाज

रोल्पाको सिउरीमा सकेट बम फेला पर्‍यो

रोल्पा

 

रोल्पाको सुनछहरी गाउँपालिका वडा नं ४ स्थित सिउरी नजिकै सकेट बम फेला परेको छ । स्थानीयले बम फेला परेको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

बम डिस्पोजका लागि नेपाली सेनाको टोली भोली मात्र पुग्ने भएको छ । बम तत्कालीन सशस्त्र युद्ध कालमा विद्रोही पक्ष वा सरकारी सुरक्षा फौजले छाडेको हुन सक्ने अनुमान गरीएको छ ।

बम भेटिएको स्थानको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।