समाज

मुगुमा जिप दुर्घटना हुँदा ७ घाइते, थप विवरण आउन बाँकी

- राजबहादुर शाहीमुगु

मुगुको सोरु गाउँपालिकामा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा ७ जना घाइते भएको छन् । 

घाइते हुनेहरुमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाहा गाउँका धर्मबहादुर मल्ल, फोतु लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शना देवी शाही, राष्ट्रिय वाणिज्य बैंक शाखा सोरुकोटका लेखापाल तेजेन्द्र आर्चाय, जुम्लाकी उषा भण्डारी र जिप चालक प्रकास बस्याल रहेका छन् । 

घटनास्थलबाट घाइतेलाई टयाक्टर मार्फत उपचारको लागि सिप गाउँको स्वास्थ्य केन्द्रमा ल्याएर उपचार सुरु गरिएको सरिता शाहीले बताईन । 

थप उपचारको लागि जिल्ला अस्पताल लैजान जिल्लाबाट एम्बुलेन्स पठाएको छ । कमला शाही बाहेक अरु ६ जनालाई धेरै चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

घटना बारे थप विवरण आउन बाँकी छ । सोरु गाउँपालिकाको सोरुकोटबाट गमगढी तर्फ आउँदै गरेको जिप कुलाहा खोलामा दुर्घटनामा भएक हो ।