समाज

चन्द समूहका दुई नेता पुन: पक्राउ

- रेडियो कान्तिपुर संवाददातादाङ

धरौटी बुझाएर छुटे लगत्तै प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुई नेतालाई दाङ प्रहरीले पुन: पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नेता सुरज परियार र विष्णुबहादुर रावत छन् । जिल्ला अदालतमा आज जनही १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुने क्रममा प्रहरीले उनीहरुलाई पुन: पक्राउ गरि हिरासतमा राखेको हो । 

उनीहरु गत असोज ३० गते चन्द समूहका मध्य कमाण्ड ईन्चार्ज समेत गरी २१ जना सहित राजपुरबाट पक्राउ परेका हुन् ।