समाज

ट्राफिक प्रहरीको काम पनि मूल्याङकन गरिने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ट्राफिक प्रहरीको काम कारबाहीलाई मूल्याङकन गर्न कार्य सम्पादन करार सम्झौता गर्ने भएको छ । 

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधिलाई ४ खण्डमा विभाजन गरेर ४ सय पूर्णाङकको ५० प्रश्न तयार गरी मूल्याङकनको आधार बनाएको छ ।

कार्यालय ब्यवस्थापन, प्रहरी आचरण ब्यवहार एवं अनुशासनमा २५ अंक, ट्राफिक ब्यवस्थापन एवं दुर्घटना न्यूनिकरणमा २ सय अंकमा विभाजन गरिएको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

सवारी चोरी एवं सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशिल एवं उपलब्धीमूलक कार्य सम्पादन गरे बापत १ सय १५ अंकमा विभाजन गरिएको एसपी श्रेष्ठले बताउनुभयो ।

करार सम्झौताले ट्राफिक प्रहरीको क्षमतालाई विकास गर्ने महाशाखाका एसएसपी भीमप्रसाद ढकालको भनाई छ ।