समाज

अदालतको आदेशपछि चन्द समूहका कार्यकर्ता रिहा

- रेडियो कान्तिपुर संवाददाताम्याग्दी

जिल्ला अदालत म्याग्दीको रोहवरमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता सागर अर्याल मंगलबार साँझ रिहा भएका छन् । 

नौ महिना अघि स्याङ्जाबाट पक्राउ परेका चन्द समूहका स्याङ्जाका जिल्ला कमिटी सदस्य अर्याललाई पुन: पक्राउ नगर्ने गरी रिहा गर्न सर्वोच्च अदालतको आदेश दिएको थियो । 

सर्वोच्चको आदेशपछि प्रहरीले जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मी, बार एशोसिएनका अध्यक्ष चिरिञ्जीवी शर्मा, दण्डपाणी पराजुली र अधिकार रक्षक सन्तोष गौतमको रोहवरमा उनलाई रिहा गरेको हो । 

सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार नै रिहा गर्न र पुन: पक्राउ नगर्न आदेश गरेको थियो । 

‘सर्वोच्चको आदेशमा म्याग्दी जिल्ला अदालतमा न्यायाधीश, कानून ब्यवसायीको रोहवरमा अर्याल रिहा भएका छन’ श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले भन्नुभयो, ‘अर्यालले मंगलबार राति नै कानून ब्यवसायीको रोहवरमै गाडीबाट पोखरा गएका छन् ।’

२०७५ चैत २७ गते स्याङ्जा भिरकोट नगरपालिका, २ स्थित आफ्नै घरबाट पक्राउ परेका अर्यालमाथि राज्यविरुद्ध र संगठीत अपराध सम्बन्धी मुद्दा चलाएको थियो । 

अर्याललाई स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, पर्वत हुँदै पुस २५ गते म्याग्दी ल्याईएको थियो ।