प्रदेश २ सरकारले ५–५ लाख दिने
- जनकपुर– भारतको सुरतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका गोठकोयलपुरका वीरेन्द्र यादवको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, प्रहरी हिरासतमा मृत्यु भएका धनुषा सबैलाका शम्भु सदाको परिवारलाई पनि ५ लाख रुपैयाँ दिने प्रदेश सरकारले जनाएको छ ।
रोजगारी गुमाएर घर फर्किने क्रममा गोठकोयलपुरका यादवको जटही नाकामा मृत्यु भएको थियो । बिरामी परेका उनलाई उपचारका लागि समयमै अस्पताल पुर्याउन नसक्दा नाका मै मृत्यु भएको थियो । प्रहरी हिरासतमा रहेका सदाको १५ दिनपछि हिरासतमै मृत्युु भएपछि उनका आफन्तले गरेको आन्दोलनले उग्ररुप लिएपछि सरकारले सदाको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
प्रहरीले सदाको मृत्युको कारण आत्महत्या भनेर दाबी गरेपनि परिवारले भने स्वीकारेको छैन ।