समाज

सुनसरी र तेह्रथुममा भएका छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

- रेडियो कान्तिपुर संवाददातामोरङ

सुनसरी र तेह्रथुममा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट सुनसरीको बर्जु गाउँपालिका–२ का ५५ वर्षीय शिबु महतोको मृत्यु भएको हो । 

बर्जु गाउँपालिकास्थित विराटनगर–सीतागञ्ज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिपरले को २ ह ३२४२ नम्बरको टेम्पोलाई ठक्कर दिंदा महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट इटहरी उपमहानगर ७ की २० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको छ । 

इटहरी उपमहानगर–१७ स्थित पूर्व–पश्चिम राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो । 

को २३ प ५५५६ नम्बरको मोटरसाइकलमा सवार स्वस्तिमा घाइते भई विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, तेह्रथुमको आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडामा मे १ त ६२१९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी आठराई गाउँपालिका–५ का ३८ वर्षीय ललित खवास र ४० वर्षीय श्याम मगरको मृत्यु भएको हो । 

ट्रयाक्टर दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।