समाज

सिंचाई विकास डिभिजन कार्यालय दिक्तेलका प्रमुख पक्राउ

- रेडियो कान्तिपुरखोटाङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुखलाई घूस सहित पक्राउ गरेको छ । 

सेवाग्राहीबाट घूस लिईरहेको अवस्थामा कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई मंगलबार कार्यकक्षबाट पक्राउ गरेको हो । 

सेवाग्राहीबाट ९ लाख ३४ हजार घूस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई पक्राउ गरेको आयोगले जनाएको छ । उनीविरुद्द थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ । 

श्रेष्ठले सिंचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसाग छिटो निकासाका लागि माथि रकम दिनुपर्ने भन्दै पटक–पटक ‘बार्गेनिङ गर्दै आएको खुलेको छ ।