समाज

वडा अध्यक्षको मोटरसाईकल चोरी

कपिलवस्तु

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित घरेलु तथा साना उद्योग कार्यालय अघिबाट पल्सर मोटरसाईकल चोरी भएको छ । 

विजयनगर गाउँपालिका–५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानको लु ५९ प ८३११ नम्बरको मोटरसाईकल मंगलबार दिउँसो चोरी भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । कार्यालय भित्र काम गरिरहेका बेला उनको मोटरसाईकल हराएको हो ।