समाज

भक्तपुरमा कमलपोखरीमा डुबेर एक बालकको मृत्यु

- रेडियो कान्तिपुर संवाददाताभक्तपुर

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित कमलपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

खोटाङको जन्तेढुङ्गा गाउँपालिका घरभई हाल भक्तपुरको बोडेमा पाटीमा बस्ने रमेश खड्काका छोरा ६ वर्षीय रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो । 

पोखरीमा डुबेर घाइते भएका खड्काको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक कम्यूनिटी अस्पताल मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।