तमु ल्होछार पर्वको अवसरमा भोलि सार्वजनिक बिदा
काठमाडौंसरकारले तमु ल्होछार पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको जानकारी गराउनुभएको हो ।
गुरुङहरुले हरेक वर्ष पुस १५ गते ल्होछार मनाउँछन् ।