समाज

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नापी कार्यालय बन्द

- नारायण शर्मापूर्व नवलपरासी

कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पूर्व नवलपरासीको कावासोतीस्थित नापी कार्यालय बन्द भएको छ । कार्यालयका ९ जना कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । 

नापी अधिकृत भोला कोहारका अनुसार १२ कर्मचारी मध्ये ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो । 

संक्रमित कर्मचारीलाई उपचारको लागि डण्डास्थित जिल्ला अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । नापी कार्यालयले कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी गराएको र कार्यालय र परिसरमा सेनिटाइज गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।