समाज

चितुवाको छालासहित पुल्चोकबाट एक पक्राउ

- रेडियो कान्तिपुर संवाददाताललितपुर

चितुवाको छाला सहित ललितपुर प्रहरीले पुल्चोकस्थित दमकल चोकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भई काठमाडौंको सामाखुशी बस्ने २७ वर्षीय नरबहादुर गौतम छन् । 

उनको साथबाट ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाईको चितुवाको छाला १ थान बरामद भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । 

उनी पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडिबाट पक्राउ परेका हुन् । बा २ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार गौतमले सिमेण्टको बोरामा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा चितुवाको छाला बरामद भएको एसपी शाहले बताउनुभयो ।