समाज

बसन्तपुरमा होलीको चीर ठड्याइयो

- केएफएम डेस्ककाठमाडौँ

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसंगै काठमाण्डौं उपत्यका लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको छ । 

त्रेता युगदेखि नै चलिआएको होली चीरको विशेष महत्व रहेको बताइन्छ । फागुनशुक्ल अष्टमीदेखि फागुनशुक्ल पूर्णिमासम्म होली पर्व मनाउने चलन छ ।