कालीकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
- कालीकोटकालीकोटको रास्कोट नगरपालिका-५ आरसीपी बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका चालक सुर्खेतका वीर परियारलाई उपचारका लागि वीरेन्द्रनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रास्कोटको आरसीपी बजारबाट फुकोट जाँदै गरेको भे २ च २६१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले बताउनुभयो ।
रास्कोट-२ का १७ वर्षीय नम सार्की र रास्कोट-५ का २२ वर्षीय प्रकाश तिरुवा घाइते भएका हुन् । घाइतेलाई थप उपचारको लागि सुर्खेत लगिएको छ ।