समाज

बन्चरो प्रहार गरेर श्रीमतीको हत्या

- प्रताप विष्टहेटौंडा

श्रीमतीको हत्या गरेको अभियोगमा मकवानपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाश गाउँपालिका–५ काफल डाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले श्रीमती १८ वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको वडा अध्यक्ष छेकु लामाले बताउनुभयो । 

घटनापछि मंगलबहादुरलाई गएराति पक्राउ गरिएको पालुङस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । मंगलबहादुरले लक्ष्मीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । 

लक्ष्मीको हत्या गरेको छिमेकीले थाहा पाएपछि स्थानीयले मंगलबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । पाख्रिनको १३ महिनाकी छोरी छन् ।