समाज

जन्मोत्सव मनाउने खर्च सामाजिक सेवामा

काठमाडौं

“भनिन्छ दिनका लागि धन होइन मन हुनुुपर्छ ।”यस्तै उदाहरणका एक प्रतिनिधि पात्र हुुन् सामाजिक अभियन्ता डा. धर्मेन्द्रकुमार साह । झापाको शिवसताक्षी नगरपालिका निवासी डा. साह आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाउने गर्दछन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका साथ डा. साह जन्मदिनमा बेसहरा, असहायहरुलाई सहयोग गर्ने गरेका छन् ।

शिवसताक्षी नगरपालिकास्थित बोलोचौक बहुउद्देश्य सहकारीका अध्यक्ष समेत रहेका डा. साहले सामाजिक कामलाई यसवर्ष पनि निरन्तरता दिएका हुुन् । आफ्नो ३५ औं जन्मोत्सव भदौ ६ गते मनाएका उनले शिवसताक्षी –४ सालमारास्थित पाथीभरा आधारभूूत विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री हस्तान्तण गरे ।

डा. साहले २०७६ सालदेखि नै जन्मोत्सवका दिन ‘समाजिक काममा हातेमालो गरौ’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन् । जन्मदिनमा अनावश्यक खर्च नगरि सक्दो सामाजिक र रचनात्मक कार्यमा जुुट्नुुपर्ने उनको भनाइ छ । ‘साथीभाइ, इष्टमित्रहरुसंग बसेर जन्मदिन मनाउँदा अनावश्यक खर्च हुन्छ । आफन्तजन, साथीभाइ, शुुभचिन्तकसंग बसेर जन्मदिन मनाउनुु गलत नभएपनि अनावश्यक खर्च हुने गर्छ,’ डा. साहले भने ‘त्यसैले अनावश्क खर्च हुन नदिन मैले जन्मोत्सवमा पैसालाई सामाजिक सेवामा सदुुपयोग गर्ने गरेको छुु ।’



पछिल्लो समय जन्मदिन, विवाह ब्रतबन्धको अवसरमा होटल तथा रेष्टुुरेन्टमा अनावश्यक फजुुल खर्च गर्ने चलन पनि बढ्दै गएकोमा उनको चिन्ता छ । लामो समयदेखि सामाजिक कार्यमा लागेका डा. साह बोलोचोक विकास समितिका अध्यक्ष समेत हुुन् । विभिन्न संस्थाहरुमा आबद्ध उनले भने, बेसहरा, असहाय बालबालिकालाई कहि कतै देखिहाले मन साह्रै नै भावविह्वल भएर आउछ । त्यसैले ५ वर्षअघि नै मैलै ‘समाजिक काममा हातेमालो गरौ ’ भन्ने अभियानमार्फत सकेको सहयोग गर्ने गरेको छुु ।

डा. साह झापा जिल्लामा मात्र नभइ अन्य जिल्लाहरुमा समेत सामाजिक सेवालाई निरन्तरता दिदै आएका छन् । उनले काठमाडौं तारकेश्वर– ६ स्थित अपांग सेवा केन्द्रमा आश्रित अपांगता भएका व्यक्तिहरुलाई खाना खुवाउन खुवाउने कार्यक्रम समेत राखे । तर झापा र काठमाडौंमा एउटै समय कार्यक्रम गरिदाँ काठमाडौंमा उनको उपस्थिती रहेन । उनको आग्रहमा समाजसेवी एवं सञ्चारकर्मी मायालुु लामाले बिहिबार अपांग सेवा केन्द्रमा आश्रित अपांगता भएका व्यक्तिहरुलाई खाना खुवाउन सहजीकरण गरेकी छन् ।



डा. साह भन्छन्,‘अनाश्वक खर्च गर्नुुका सट्टा बेसहारा, गरिबीका कारण अध्ययन गर्न नपाएका, शैक्षिक सामग्री किन्न पनि नसकेका, उपचार गर्न नसकेका, असहाय बालबालिकालाई सहयोग गर्नुु नै धर्म हो ।’

सामाजिक कर्ममा सक्रिय उनी सांगेतिक क्षेत्रमा पनि उत्तिकै लगाव छ । प्रतिभाहरुलाई उजागर गर्ने मुख्य उद्देश्यका साथ नेपाली गीत संगीतमा योगदान पुु¥याउदै आएका उनको शब्द रचनामा ‘पहिलो भेटमै नजर जुुध्यो, बोलोचौकको दुुर्गा मन्दिरमा, जादैछुु प्रिय गीत पनि सार्वजनिक भइसकेका छन् ।