ढुङ्गाले लागेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु
- संखुवासभासंखुवासभाको मकालु गाउपालिका–५ मा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
आयोजनाको अडिट ‘टू’मा ढुङ्गा खसेर लाग्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ४९ वर्षीय तुलसीराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आईतबार साँझ माथिबाट ढुङ्गा झरेर लाग्दा उनी घाईते भएका थिए ।
उनको उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । हालसम्म अरुण तेस्रोको काम करीब ७५ प्रतिशत सम्पन्न भईसकेको छ ।