समाज

सामसुङद्वारा चर्डपर्व लक्षित “भव्य दशै तिहार, घर भरि उपहार” अफर सार्वजनिक

काठमाडौं

सामसङले “भव्य दशै तिहार, घर भरि उपहार” नामक अफर ल्याएको छ । विजया दशमी, दीपावली तथा छठपर्व सम्मलाई लक्षित गरी सामसङले सो अफर ल्याएको हो ।

अफर अनुसार ग्राहकहरूलाई ३१ प्रतिशत सम्मको छुटमा नयाँ सामसङ टिभी र घरेलु उपकरण उपलव्ध गराइनेछ । 

त्यस्तै सामसङका टिभी खरिद गर्दा १२ महिनासम्मको निःशुल्क इन्टरनेट समेतको सुविधा दिइने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार इन्स्टा फाइनान्स सेवाबाट ग्राहकले १८ महिनासम्मको विस्तारित अवधिका लागि शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधामा टेलिभिजन खरिद समेत गर्न पाउनेछ ।