समाज

ग्यास बुलेटको ठक्करबाट हेटौंडामा एक साइकल यात्रीको मृत्यु

- प्रताप विष्टहेटौंडा

भारतीय नम्बरको ग्यास बुलेटको ठक्करबाट मकवानपुरमा एक साइकल यात्रीको मृत्यु भएको छ । 

ग्यास बुलेटको ठक्करबाट घाइते भएका भक्तपुर सुडाल घर भई हाल हेटौंडा उपमहानगरपालिका– ११ थानाभर्‍याङमा बस्दै आएका ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो । 

हेटौंडा–१ गोरक्षेश्वर मन्दिरस्थित सडकखण्डमा ग्यास बुलेटको ठक्करबाट घाइते भएका पाण्डेको हेटौंडा अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

साइकललाई ठक्कर दिने ग्यास बुलेट र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।