समाज

भरुवा बन्दुकसहित डोटीबाट एक जना पक्राउ

- मोहन शाहीडोटी

भरुवा बन्दुक सहित डोटीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक पूर्वीचौकी गाउँपालिका–७ बगडाका ६२ वर्षीय शंकर साउँदलाई प्रहरीले पक्राउ गरेको हो । 

भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा उनलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी भीमलाल भट्टराइले जानकारी दिनुभयो । 

डीएसपी भट्टराईका अनुसार साउँदलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ । स्थानीयका अनुसार साउँदले स्थानीय वनमा वन्यजन्तुको शिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए ।