समाज

कैलाशमा एक जना मृत अवस्थामा भेटियो

- सुवास विडारीमकवानपुर

मकवानपुरको कैलाश गाउँपालिकाको काली खोलामा एक जना मृत भेटिएको छ । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार कैलाश गाउँपालिका–३ का ४६ वर्षीय ठूलोकान्छा चेपाङ फास्टरस्थित कालीखोलामा मृत अवस्थामा भेटिएका हुन् । 

गाउँमा घेवामा गएर कार्यक्रम सकिए पश्चात् घर फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही क्रममा आफन्तले खोजी गर्दा उनी मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ । मृतकको शवलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।