समाज

हत्या अभियोगमा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

- मनोज पौडेलकपिलवस्तु

हत्या अभियोगमा फरार रहेका एक प्रतिवादी १२ वर्षपछि कपिलवस्तुबाट पक्राउ गरेका छन् । 

महिलाको हत्या गरी फरार रहेका बुद्धभूमि नगरपालिका–१० महुवाका ३० वर्षीय रामप्रसाद कोरीलाई १२ वर्षपछि पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनुभयो । 

गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कोरीलाई उनकै घरबाट पक्राउ गरी कारागार पठाईएको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । 

२०६९ चैत्र १२ गते बुद्धभूमि–४, लक्ष्मीपुर बस्ने रामदिन कोरीकी २५ वर्षीया श्रीमती मान्ती कोरीलाई धारिलो हतियार र लाठीले प्रहार गरी हत्या गरेका थिए । हत्यापछि उनी फरार थिए । उनलाई जिल्ला अदालतले २०८० जेठ १ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।